images

सोमवार, बैशाख २४ गते २०८१

कोटहीमाईले छोरी बिमा कार्यक्रम सञ्चालन गर्ने

कोटहीमाईले छोरी बिमा कार्यक्रम सञ्चालन गर्ने

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • कोटहीमाईले छोरी बिमा कार्यक्रम सञ्चालन गर्ने

    मर्चवार, ९ असार ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को लागि छोरी बीमा विशेष योजना ल्याएको छ । छोरा वा छोरी दुवै बराबरी भन्ने मुल नारालाई सार्थक बनाउने उद्देश्यले छोरी बीमा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले बताए ।

    images
    images
    images

    छैठो गाउँसभामा कार्यक्रम तथा नीति प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष यादवले सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुलाई गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा सम्पूर्ण उपचारहरु निःशुल्क उपलब्ध गराइने बताए । त्यसै गरी ज्येष्ठ नागरिकहरुको उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मुटु रोग, मृगौला सम्बन्धि रोग जस्ता स्वास्थ्य परीक्षण शिविर र सहायता सामाग्री वितरण कार्यक्रम समेत लागू गरिने गाउँपालिका अध्यक्ष यादवले बताए ।

    आर्थिक विकास सम्बन्धि नीति तथा कार्यक्रम 

    कोटहीमाई गाउँपालिका क्षेत्र भित्रको कृषियोग्य जमिनको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्षले जानकारी गराए । गाउँ–गाउँमा सहकारी घर–घरमा स्वरोजगारी नारालाई सार्थक बनाउन विभिन्न कार्यक्रम गर्ने गाउँसभाले नीति लिएको छ । गाउँसभाले दुग्ध व्यवसायीलाई प्रोत्साहन गर्न गाउँपालिका अन्तर्गत दुग्ध विकास संस्थासंग समन्वय गरी दुग्ध चिस्यान केन्द्रको स्थापना तथा सञ्चालन गर्ने निति पारित गरेको छ ।

    मर्चवारीमाई मन्दिर क्षेत्रकै शक्तिपिठ भएकोले यहाँ भारत लगायत नेपालका धेरै ठाउँबाट आउने गरेकोले पर्यटनको रुपमा विकास गर्ने नीति ल्याइएको गाउँपालिका अध्यक्षले यादवको भनाइ छ ।

    त्यस्तै कृषि तथा पशुपंक्षी पालनलाई व्यवसायिक बनाउन व्यवसायिक कृषि तथा पशुपंक्षी पालकलाई सहज र सरल रुपमा पुँजी व्यवस्थापनका लागि वित्तीय क्षेत्रसंग समन्वय गरी ब्याजमा २ प्रतिशतसम्म अनुदान सहुलियत र पशु बिमामा ५० प्रतिशत सम्म अनुदान दिने गाउँपालिकाले नीति ल्याइएको छ ।

    भौतिक तथा पूर्वाधार विकास सम्बन्धि नीति

    “हाम्रो सडक, हाम्रो सहभागिता, स्तरीय सडक, हाम्रो प्रतिवद्धता” अनुरुप गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित पिच सडकमा स्तरोन्नति गरिने नीति बनाइएको छ । गाउँपालिका भित्र अधुरो अवस्थामा रहेको कार्यलाई निरन्तरता दिन थप बजेट विनियोजन गरिने नीति बनाइएको छ ।

    कोटहीमाई गाउँपालिका अन्तर्गत संचालन हुने आयोजना तथा परियोजनाहरुलाई अपनत्व संरक्षण एवं पारदर्शी दिगो विकास लक्ष्य प्राप्तिका लागि ८०/२० र ९०/१० का आयोजनाहरु ल्याउने नीति लिइनेछ ।

    “एक वडा एक रंगशाला” को अवाधारण अनुरुप कोटहीमाईमा उचित जग्गा पहिचान गरी खेलकुद पुर्वाधार विकास योजना तयार गरी एक रंगशाला निर्माण गरिनेछ । पालिकाको वडा नम्बर १ र २ मा गाउँपालिकाको सदरमुकाम सम्म आवतजावतमा सहजता गर्न तिनाउ र दानव नदीमा झुलुङ्गे पुल निर्माण गरिने नीति ल्याइएको गाउँपालिकाले जनाएको छ ।

    सामाजिक विकास सम्बन्धि नीति

    कोटहीमाई गाउँपालिका अन्र्तगत वडा नम्बर ५ मा रहेको मझगांवा प्राथमिक स्वास्थ्य केन्द्रलाई सबल बनाउने स्तरोन्नति गर्ने र आफ्नै फार्मेसी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नीजि स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गरिनेछ । अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थाहरु बन्द गराइनेछ । प्रत्येक विद्यालयहरुमा एकजना अ.न.मी. राख्ने नीति ल्याइएको छ ।

    गाउँपालिका भित्र सञ्चालित माध्यमिक विद्यालय (११–१२) दिवा सत्रमा सञ्चालन गर्ने अनिवार्य बनाइने नीति बनाइएको छ । मदरसाहरुका एक विषय नेपाली शिक्षक पलिकाले कार्यविधि बमोजिम नियुक्त गरी पठाउने व्यवस्था गर्ने नीति लिइने बनाइएको छ ।
    कोटहीमाई गाउँपलिका अन्तर्गतका सुत्केरी हुने महिलालाई स्वास्थ्य पोषण युक्त सन्तुलित आहारको लागि थप रु. १ हजारका दरले पोषण भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    राजस्व परिचालन तथा श्रोत अभिवृद्धि सम्बन्धि नीति
    आ.वा ०७७/०७८ देखि मालपोत तथा भूमि कर हटाई एकीकृत सम्पत्ति कर लागु गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
    वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन “व्यवसाय कर तिरौँ, विकास कार्यमा सरिक हौं” भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखीकरणसहित सशक्त बनाई परिचालन गरिने निति ल्याइएको छ ।

    त्यसै गरी गाउँसभाद्वारा पारित कर पुस महिनाभित्रै बुझाउनेलाई एकीकृत सम्पत्तिकर व्यवसाय कर, बहाल विटौरी कर, घर जग्गा बहाल करमा लाग्ने करमा १० प्रतिशत छुट समेत दिइने नीति बनाइएको छ ।

    “विकास निर्माणमा महिला सहभागिता र स्वावलम्बी नारी, समृद्ध घरवारी” नारालाई सार्थक बनाउन महिलाको नमामा दर्ता गरिएका व्यवसायिक प्रतिष्ठानमा लाग्ने करमा १० प्रतिशत छुट दिइने समेत गाउँसभाले ल्याएको छ ।

    विद्यार्थी संख्या कम हुने सामुदायिक विद्यालयलाई भूगोल र विद्यार्थी संख्याको आधारमा मर्जर गरिने नीति बनाइएको र जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मुल नाराका साथ दरबन्दी मिलान कार्यक्रम गरिने समेत नीति ल्याइएको छ ।

    वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धि नीति

    सडक, नाली, सार्र्वजनिक र खुल्ला स्थानमा फोहोर फाल्नेलाई कारवाही गरिनेछ । सो को प्रभावकारी अनुगमन व्यवस्था मिलाइनेछ । सरसफाई र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रुपमा परिचालन गर्ने नीति लिइने निति बनाइएको छ ।

    जैविक, अजैविक फोहोर उत्पादन तहदेखि नै वर्गीकरण गरी छुट्टाछुट्टै संकलन गर्न व्यवस्था समेत मिलाउन नीति ल्याइएको छ ।
    अस्थायी प्रकृतिका हाटबजार, चोक, चौराहामा गरिने ठेला तथा फुटपाथ व्यवसाय मुख्य बजार तथा पर्यटकीय स्थलको किनारामा गरिने पार्किङ व्यवस्थापन नीजि क्षेत्र स्थानीय क्लब संघ–संस्थाको सहकार्यमा वडातहबाटै शुल्क संचालन तथा व्यवस्थापन गरिनेछ ।

    सुशासन प्रवर्धन तथा संस्थागत विकास सम्बन्धि नीति

    कोटहीमाई गाउँपालिकाले प्रविधिमैत्री गाउँपालिकाको रुपमा पहिचान गराउन डिजिटिल गाउँपालिकाको रुपमा विकास गरिने नीति बनाएको छ ।पालिकालाई आवश्यक पर्ने अफिस उपकरण स्टेशनरी तथा मेशिनरी सामानहरु खरिद गर्दा गुणस्तर चिन्ह प्राप्त र ग्यारेन्टी भएका सामानहरु प्राथमिकता दिइने निति बनाइएको छ । साथै स्वदेशी उत्पादनलाई समेत प्रथमिकतामा राखिने नीति बनाइएको छ ।

    सुशासन तथा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गराउन गाउँपालिकाले लिएको समग्र नीति र सञ्चालित कार्यक्रम आयोजनाले पारेको सामाजिक प्रभावको लेखाजोखा गर्ने गरी समाजिक परीक्षण र सबै आयोजना कार्यक्रमहरुमा सार्वजनिक परीक्षण र वडा क्षेत्रगत रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले बताए ।

    जनप्रतिनिधि तथा कर्मचारीहरुको आचारसंहिताको कार्यान्यवन प्रभावकारी बनाइने र स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तरतमा सुधार गर्दै प्रक्रिया सरलीकृत गर्न सेवामा सर्वसाधारण जनताको पहुँच अभिवृद्धि गर्ने नीति लिइने गाउँपालिका अध्यक्ष यादवले बताए ।
    सुशासनलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई नगर प्रहरी सञ्चालन कार्यविधि अनुसार कार्य जिम्मेवारी दिई चोरी, निकासी, नियन्त्रण, फोहोरमैला व्यवस्थापन, विपद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अनुमानित आन्तरिक श्रोत उठाउन जस्ता कार्यहरुमा प्रयोग गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने समेत नीति गाउँसभाबाट परित गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij