२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

कक्षा १२ को परीक्षाफल प्रकाशित

सोमवार , माघ १९, २०७७

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १९ माघ । 
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गरेको छ । गत मंसिर ९ गतेदेखि १६ गतेसम्म भएको परिक्षामा ४ लाख २१ हजार ७ सय ८९ जना परिक्षार्थी विभिन्न श्रेणीमा उत्तिर्ण भएको परिक्षा बोर्डले जानकारी गराएको छ । 

    गत शैक्षिक सत्र २०७६ अन्तर्गत संचालन भएको कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको परिक्षा बोर्डले जनाएको छ ।
    बिहान १० बजेदेखि बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौंडेलले जानकारी दिए ।

    कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ७ महिनापछि गत मंसिरमा मात्र भएको थियो ।