
सोमवार , कार्तिक २०, २०८०
भैरहवा, २० कार्तिक ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा सोमबार ‘कथिन चिवर दान’ उत्सव भएको छ । भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मीना गुप्ता र कपिलवस्तु तौलिहवाकी विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् । बौद्धभिक्षु उपसम्पन्न भएपछि तीन महिनासम्म ध्यान ज्ञानमा बसेपछि समाजले हर्षोउल्लास ‘कथिन चिवरदान’ लाई उत्सवका रुपमा मनाउने गरिन्छ ।
शाक्यमुनी गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । बौद्ध धर्ममा लाग्नका लागि सम्बन्धित नीतिनियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ ।
चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए । उनले लुम्बिनी गुरुयोजनाभित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै साँस्कृतिक प्रवद्र्धन गर्ने बताए । कोषकातर्फबाट स्थानीय समुदायलाई जोड्ने गरी स्थानीयसँग लुम्बिनी भन्ने नीति लिइएको समेत कोषाध्यक्ष भट्टराईले बताए ।
राजकीय बुद्ध विहार लुम्बिनीका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै ‘कथिन चिवर दान’ बौद्ध भिक्षु उपसम्पन्न गरेपछि वरिपकरीो जनसमुदायले सफलताको शूभकामना दिई सँगै उत्सव मनाउने अवस्थाका रुपमा बुझ्नुपर्ने बताए । उनले यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए । दान, शिल र भावनाको विकास गराउँदै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कार समेत भएको स्थविर भन्ते सागरधम्मले बताए ।
‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लुम्बिनी बौद्ध महिला समितिका अध्यक्ष विष्णु कुमारी बस्याल, सचिव इन्दिरा नेपाल, सल्लाहकार निरु गौतमले बोलेका थिए । उक्त अवसरमा संघदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ । बिहान श्रीलंकन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।
सोहीअवसरमा बुद्ध शिक्षा र बुद्धका उपदेशहरुको अभ्यास र प्रवद्र्धन गरेको भन्दै विभिन्न क्षेत्रका तीनजनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लुम्बिनी विकास कोषका लेखा प्रमुख भिम बस्नेत, बर्षाबास संयोजक माया गुरुङ, विराद गीतका सर्जक चेतराम हरिजन र पर्यटन डिभिजन कार्यालय छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij