
मंगलवार , कार्तिक २१, २०८०
काठमाडौं, २१ कार्तिक ।
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् । गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भुकम्पप्रभावित जनतासँग प्रत्यक्ष संवादसमेत गर्नेछन् ।
शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान १० बजे भुकम्पप्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।
भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढेपछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए ।
सो भ्रमण स्थगित भएपछि राष्ट्रपति पौडेल आज भुकम्पप्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् ।
उनी फ्रान्स, इटली र जर्मनीको भ्रमणमा निस्कदै थिए तर अन्तिममा रोक्न पुगेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij