२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोटमा

मंगलवार , कार्तिक २१, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • जाजरकोट, २१ कार्तिक । 
    राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन् । मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुगेका छन् । 

    घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिएका हुन् । 

    राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदैछन् । 

    राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा छन् । 
    सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । 

    गत शुक्रबार राति गएको ६.२ म्याग्नीच्यूट भूकम्प र यसको आइरहेको पराकम्पबाट जाजकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।