२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सिद्धार्थनगर–३ मा तेक्वान्दो खेलाडीहरुलाई सम्मान

मंगलवार , कार्तिक २१, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २१ कार्तिक ।
    यही कार्तिक १७ र १८ गते दाङको तुलसीपुरमा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० मा पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा समितिको कार्यालय वडा नम्बर ३, रुपन्देहीले सोमबार एक कार्यक्रमकाबीच खजहना तेक्वान्दो सेन्टरका खेलाडीहरुलाई सम्मान गरेको हो ।

    प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिष्पर्धा गरी पदक प्राप्त गर्न सफल सुहाना थापा, दिपसन खरेल, ऋतिका शर्मा, अमिसा थापा, रोजल शर्मा, अग्रिम गुरुङ, हार्दिक चापागाई., अंश मल्लाह, आयुस मरासिनी, अशोक बरई, सारिक अली मुसलमान, साहिल हरिजन, इमराजन अली मुसलमान, जस्मिन खातुनलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा खेलाडीहरुलाई सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष संजीब रोक्का, रुपन्देही तेक्वान्दो संघका सचिव राकेश यादव, प्रशिक्षक राजेश सहानीलगायतले सम्मान गरेका थिए । खेलाडी सम्मानले खेलाडीको आत्मबल बढ्ने स्थानीय युवा समाजसेवी मनोज प्रजापति (महाकाल)ले बताए ।