images

आइतवार, बैशाख १६ गते २०८१

भैरहवा भन्सारको यात्रु शाखा सार्न र बेरियर राख्न सिद्धार्थ सञ्जालको माग

भैरहवा भन्सारको यात्रु शाखा सार्न र बेरियर राख्न सिद्धार्थ सञ्जालको माग

images
images
images
मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • भैरहवा भन्सारको यात्रु शाखा सार्न र बेरियर राख्न सिद्धार्थ सञ्जालको माग

    भैरहवा, २१ कार्तिक ।

    images

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले बेलहिया–बुटवल सडकखण्ड विस्तारको कामलाई सहज बनाउन र पूर्णता दिन भैरहवा भन्सार कार्यालयको यात्रु शाखा सार्न र बेरियर राख्न माग गरेको छ । सञ्जालले बेलहिया नाकामा सडक निर्माण कार्यसम्पन्न गर्नका लागि उक्त यात्रु शाखा सार्न माग गरेको हो ।

    मंगलबार भैरहवा भन्सार कार्यालयका नवआगन्तुक प्रमुख भन्सार अधिकृत नारद गौतमसँगको स्वागत तथा परिचयात्मक कार्यक्रममा सञ्जालले बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत सीमा नाका बेलहियामा सडक निर्माण कार्यले पूर्णता नपाउँदा यातायात व्यवसायीसँगै सर्वसाधारणले र पर्यटकले सास्ती खेप्नपुरेको बताएको छ ।

    सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बेलहिया नाकामा जल्दोबल्दो समस्याको रुपमा सडकको समस्या रहेको बताए । उनले भैरहवा भन्सार कार्यालयले अहिले रहेको यात्रु शाखा सारेर सहयोग गर्नुपर्ने माग गरे । अध्यक्ष ज्ञवालीले भने, ‘नेपाल भ्रमणमा आउने पर्यटकले लामो रुटमा नेपाली सवारीसाधन प्रयोग गरे नेपालका यातायात व्यवसायीलाई पनि व्यवसाय सञ्चालनमा फाइदा पुग्थ्यो । ’

    उनले मुख्य सीमा नाकामा कडाइ हुनु सकारात्मक भए पनि अन्य नाकाबाट सामान सहजै भित्रिन नदिने गरी अगाडि बढ्नुपर्ने बताए । ‘नेपाली उपभोक्तालाई आवश्यक सामान भारतबाट सिधै नेपाल पुर्याइदिने भए सीमा नाकामा कडाइ गरेर मात्र त्यसको औचित्य हुँदैन, यसले न स्वदेशी बजारको प्रवद्र्धन हुन्छ न त राजस्व संकलन हुन्छ, १ सय रुपैयाँ भन्दा बढी सामान ल्याउँदा भन्सार गर्ने क्रममा धेरै समय लाग्ने गरेको र समस्या परेको गुनासो छ, कम्तीमा २–३ तिरबाट लाइन लगाएर राजस्व बुझाउने व्यवस्था गर्न सके अझ सहज हुन्थ्यो । ’

    अध्यक्ष ज्ञवालीले एकीकृत जाँच चौकी (आईसीपी) निर्माण कार्यलाई तीव्रता दिनुपर्ने र सीमा क्षेत्रमा मालबाहक सवारीसाधनको लामो लाइन लाग्ने भएकाले यसको समाधान पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

    उनले किसानलाई सरकारले समयमै मल दिन पनि नसक्ने र भारतबाट ल्याउँदा पनि किसानले दुःख पाउने गरेकाले व्यवहारिक पक्ष हेरिदिन आग्रह गरे । उनले भने, ‘कृषिप्रधान देश नेपालमा किसानका मर्कालाई राज्यले बुझ्नुपर्छ ।’

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले व्यवसायी मर्कामा परेको बताए । उनले अवैध रुपमा सामान तस्करी र ओसापसार कार्यलाई रोक्नुपर्नेमा जोड दिए ।

    सञ्जालका महासचिव संजय बजिमयले सीमा नाकामा परिचयपत्र हेर्ने व्यवस्था गर्न आग्रह गरे ।

    सञ्जालका कार्यसमिति सदस्य श्रीचन्द गुप्ताले सीमा नाकामा सडक निर्माण कार्यले सम्पन्न हुन नसकेकोले यात्रु शाखालाई सारेर सहयोग गरिदिन आग्रह गरे । उनले भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै भन्सार अगाडि बेरियर राख्न माग गरे । उनले भने, ‘भारतीय पर्यटकको आवागमनले नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई टेवा पुगेको छ । बेरियर नहुँदा पर्यटक भन्सार सुविधा नगरी गन्तव्यसम्म जाने र बाटोमा चेकिङमा पर्दा समस्यामा पर्ने भएकाले बेरियर राखेर पर्यटकलाई सूचना दिने वातावरण बनाउनुपर्छ । ’

    सो अवसरमा बोल्दै प्रमुख भन्सार अधिकृत नारद गौतमले यात्रु शाखाका कारण अब अवरोध नहुने बताए । उनले उद्योगी व्यवसायीसँग हातेमालो गरेर भैरहवा भन्सार कार्यालय अघि बढ्ने बताए । उनले भने, ‘अवैध सामान ओसापसारसँगै त्यो सामान खरिद गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । सबैको साथ र सहयोग आवश्यक छ । ’

    उनले कानूनभित्र रहेर काम गर्ने बताए । प्रमुख भन्सार अधिकृत गौतमले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij