२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सियारीमा तिहारमा प्लाष्टिकका मालामा प्रतिबन्ध  

मंगलवार , कार्तिक २१, २०८०

भैरहवा, २१ कार्तिक । सियारी गाउँपालिका ,रुपन्देहीले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपूर्ण रुपमा मनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एकआपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो । 

चाडपर्वको समयमा पटका आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसारपसार गर्ने, जुवातास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानूनले निषेध गरिएका कार्य नगर्न तथा नगराउनुहुन सियारीबासीमा अनुरोध गरेको छ । 
पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने सम्भावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँबासीमा अनुरोध गरिएको छ । 

त्यस्तै सियारी गाउँपालिकाले दिपावली लगायतका चाडपर्वहरूमा प्लास्टिकका तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीयस्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिका सबैलाई आग्रह गरेको छ ।