२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

बुधवार , कार्तिक २२, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २२ कार्तिक । 
    चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् ।

    तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाइएको छ । पाँचदिन नेपाल रहने उनले भोली बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।