२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाहरुबाट ४ करोड बढी प्रधानमन्त्री राहत कोषमा सहयोग

बुधवार , कार्तिक २२, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २२ कात्तिक । पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् । 

    बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।