२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

मानव कल्याण मित्र मञ्चले वक्तृत्वकला प्रतियोगिता गर्ने

सोमवार , माघ १९, २०७७

बुटवल, १९ माघ ।
सामाजिक सेवा भाव गर्ने लक्ष्यसहित स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले अन्तर्राष्ट्रिय नारी दिवस र मञ्चको स्थापना दिवसको उपलक्ष्यमा चेतनामूलक सामाजिक काम गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मित्र मञ्चको नाममा भारतमा स्थापना गरिएको संस्थाको सहयोगमा नेपालमा संचालित मानव कल्याण मित्र मञ्चले नेपालमा दुःखमा परेका असहाय बालबालिका अपांग, वृद्ध–वृद्धाहरुको सहयोगमा सामाजिक काम गर्दै आएको छ । त्यस्तै मञ्चले गरीब विद्यार्थीहरुलाई न्यायो कपडा कोभिडको समयमा खान नपाएकालाई खाद्यान्न सहयोग गदै आएको छ ।  

कोही साहै् पीडित अवस्था भएकाहरुले सहयोगका लागि मञ्चको कार्यालयमा सम्पर्क गर्न समेत मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले आह्वान गरेका छन् । आउँदो फागुन २४ गते पर्ने नारी दिवसको उपलक्ष्यमा मञ्चले तिलोत्तमा नगरस्तरीय सामुदायिक विद्यालयका मावि तहका छात्राबीच नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रमका लागि महिला विभाग संयोजक पार्वती केसी र कविता पन्थीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै मञ्चको स्थापनाको दिन आउँदो चैत्र ९ गतेका दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना बालिकालाई जनही ३ हजार १०० रुपैयाँको आर्थिक सहयोग स्वरुप अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष अर्यालले बताए ।

मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको सभापतित्व तथा संरक्षक पुरुषोतम भटृराई, धु्रवराज मरासिनी, अम्बिका अर्याल, महिला विभाग संयोजक पार्वती केसी कविता पन्थी लगायतको उपस्थितिमा बसेको बैठकले चेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सामाजिक काम गदै आएको मञ्चले हालै तिलोत्तमाको वनवाटिका नजिकै संचालित कोभिड आईसोलेशन सेन्टरमा २ लाख ५२ हजार बराबरको आईसीयू बेड पनि प्रदान गरेको छ ।