२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

क्रिकेट विश्वकपको सेमीफाइनलको समीकरण पुरा

शनिवार , कार्तिक २५, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • काठमाडौँ, २५ कार्तिक । 
    जारी आइसीसी क्रिकेट विश्वकपको सेमीफाइनलको समीकरण पुरा भएको छ । पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमीफाइनलमा भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् ।

    अब सेमीफाइनलमा शिर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुनेछ । दुवैबीचको सेमीफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ ।

    त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ मा हुनेछ । दुवै खेल नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुनेछन् ।