२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

तिहारको अवसरमा लायन्स ग्रीन सिटीले गर्‍यो दाजुभाईलाई सम्मान 

शनिवार , कार्तिक २५, २०८०

भैरहवा, २५ कार्तिक । 
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शनिबार भैरहवामा विगतका वर्षहरुमा जस्तै तर फरक किसिमको कार्यक्रमको आयोजना गर्दै दाजुभाईलाई सम्मान गरेको छ । दाजुभाई र दिदीबहिनीको मेलमिलापको प्रतीक मानिएको तिहारमा फरक खालको सन्देश दिन ग्रिन सिटीले यस्तो कार्यक्रम गरेको क्लबले जनाएको छ । 

कार्यक्रममा सहभागीले यसले आपसी मित्रता प्रगाढ हुने भन्दै यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि अघि बढाउन सुझाव दिए । लायन्स क्लबमा लागेका दाजुभाई दिदीबहिनीबीचको आपसी सम्बन्ध, भाईचारा स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष मनोज क्षेत्रीले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका जोन चेयरपर्सन तथा लायन्स भैरहवा ग्रीन सिटीका पूर्वअध्यक्ष गोबिन्द प्रसाद गिरीले क्लबमा लागेका महिलाहरुले चाडपर्वको अवसरमा दाजुभाईकाबीचमा आपसी सम्बन्ध प्रगाढ राख्न र साँस्कृतिक महत्व कायम राख्न कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । उनले पश्चिमा संस्कृति र आधुनिकताले मौलिक संस्कृति संकटमा पर्न लागेको भन्दै यसलाई सबै मिलेर जोगाउनुपर्ने बताए । उनले क्लबमा महिला सदस्यहरु वृद्धि गर्न आग्रह गर्दै एकआपसमा मर्यादित भएर चाडपर्ब मनाउन आग्रह गरे । 

42f43624-2f94-4ca2-a66e-12035972ec34.jpeg

लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसी, क्लबका प्रथम उपाध्यक्ष लायन भिम बहादुर थापाले लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम संयोजक सृष्टि पन्थीको स्वागत तथा क्लबका सचिव संजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।