२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलोकन गर्न लुम्बिनीमा

आइतवार , कार्तिक २६, २०८०

भैरहवा, २६ कार्तिक ।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् ।

दुईदिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राम नगरपालिकास्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् । उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी व्यक्त गरे ।

कोरियाकै ठूलो व्यापारिक प्रतिष्ठानमध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा व्यवसायिक प्रतिष्ठानबीच पनि सम्बन्ध बिस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।

यस सँगै राजदूत पार्कले सोही प्रांगणमै रहेको बजाज मोटरसाईकलको एसेम्बल प्लाण्ट र २ मेगावाटको सौर्य उर्जाको पनि अवलोकन गरेका थिए । सो पश्चात प्लानट परिसरमा वृक्षारोपण समेत गरेका छन् । 

राजदूत पार्कले नवलपरासीमै निर्माणाधिन अवश्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्रा.लि. अन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले कोरियाली कार कम्पनी हुण्डाईको बारे जानकारी गराएका थिए ।

newskarkahna-news592865..jpg

अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, टाई योङ पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तै पहिलो दिन नै राजदुतले नेपाल भारत सीमा नाका बेलहियाको पनि अवलोकन गरेका छन् । परिवारसहित आएका उनले सीमाको अवस्था र पुर्वाधारहरुको अवलोकन गरे । रुपन्देही आएको दोस्रो दिन राजदूत पार्कले बुद्ध जन्मस्थल मायादेवी मन्दिर र लुम्बिनीको अवलोकन गरी काठमाण्डौ फर्किएका छन् । राजदुत पार्कसहित श्रीमती यूनही चोङ, राजदूतावासका काउन्सिलर काङ, आर्थिक तथा विकास बिशेषज्ञ च्याङ हानले लुम्बिनी भ्रमण गरेका हुन् ।

राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए । राजदुत पार्कले मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक पिल्लर सहित कोरियन, थाई, म्यानमार, कम्बोडियन मन्दिरको भ्रमण गरे ।