
बुधवार , कार्तिक २९, २०८०
भैरहवा, २९ कार्तिक ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हामीले नै परिवर्तन गर्न सक्छौ भन्ने सोच राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले अरु आएर परिवर्तन गर्न सक्छ भन्नुभन्दा हामीले नै गर्न सक्छौ भन्ने सोच राख्नुपर्ने बताए ।
नेपाल सम्वत ११४४ को अवसरमा नेवाः खलः सिद्धार्थनगर, रुपन्देहीले मंगलबार सिद्धार्थनगर–६ पिपरहियास्थित नेवाः खलः मा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री पाण्डेयले मानव जातिको आवश्यकता कमी नहुने बरु बढ्दै जाने बताए । उनले भने, ‘जहाँ सडक हुँदैन मानिसले सोच्छ सडक बनोस्, जब त्यहाँ २ लेन सडक हुन्छ मानिसले सोच्छ ४ लेन सडक बनोस् । समयसँगै मानिसको आवश्यकता बढ्दै जान्छ । ’
उनले सकारात्मक सोच आवश्यक रहेकोमा जोड दिए । नागरिकको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले परनिर्भरता त्याग्नुपर्ने आफूले आग्रह गर्दै आएको बताए । उद्योगी-व्यवसायी मर्कामा परेको र कोभिड–१९ का कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेको मन्त्री पाण्डेयले बताए ।
उनले जनताले रगत र पसिना बगाएर तिरेको कर जनताकै बीचमा विकासका लागि खर्च हुने कसैले आफूले व्यक्तिगत रुपमा बजेट दिएको जस्तो गर्न नहुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij