
शुक्रवार , मंसिर १, २०८०
काठमाडौं, १ मंसिर ।
सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सामाजिक सञ्जालय टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको हालैको निर्णयलाई बदरको माग गरी सर्वोच्चमा रिट पेश गरेको जानकारी दिए ।
गत २७ गते कार्त्तितकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे पछि जनआक्रोश बढिरहेको बेला यो रिट परेको हो । देश र समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्नुपरेको सरकारको तर्क छ ।
तर, सरकारको निर्णय गैरकानूनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij