२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

नेपाली महिला क्रिकेट टीमले जापानलाई हरायो

शनिवार , मंसिर २, २०८०

  • 796
    Shares
  • 796
    Shares
  • काठमाडौं, २ मंसिर । ने

    पालले चारदेशीय महिला टी–२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो ।

    जापानलाई कम रनमा समेटन नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

    सिरिजमा दुई खेलमा हार र एक खेलमा जीतसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

    आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुँदैछ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन । अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुने छ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुनेछ ।