images

शुक्रवार, बैशाख २१ गते २०८१

मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

images
images
images
मंगलवार, माघ २० २०७७
मंगलवार, माघ २० २०७७
  • मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

    गुल्मी, २० माघ ।
    मेरुदण्ड भाँचिएर आर्थिक अवस्था कमजोर भएपछि लामो समयदेखि विस्तारामा छट्पटाएकी गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ भाँझकटेरीकी खगिश्वरा भुसाललाई मदाने सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ ।

    भुसालको उपचारमा आर्थिक अभावबारे समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण भएपछि रोजगारीका लागि मदानेबाट जापानमा रहेका बाबुराम भुसाल, रमेश भुसाल र टिकु विप्लवको पहलमा सहयोग रकम संकलन गरेका थिए । मदाने सेवा समाज जापानबाट रमेश भुसालले ७८ हजार ४ सय ४ रुपैयाँ संकलन गरी संचारकर्मी मनोज कार्कीको खातामा पठाएका थिए । जापानबाट संकलन गरी पठाएको रकम संचारकर्मी कार्कीले सोमबार भुसालकै घरमै पुगेर श्रीमान् देवीराम भुसाललाई हस्तान्तरण गरेका छन् । 

    सहयोग रकम लिदैं देवीराम भुसालले उपचारको लागि सहयोग गर्ने आशा अपांग केन्द्र गुल्मीकी कार्यालय प्रमुख गंगा रायमाझी, पत्रकार लगाएत आर्थिक सहयोग गर्ने दाता सबैलाई धन्यवाद दिएका थिए । श्रीमतीको स्वास्थ्यमा पहिलेको तुलनामा केही सुधार भएको र संकलन भएको रकमले उनलाई थप उपचार गर्ने भुसालले बताए । भुसालको उपचारको लागि झण्डै २ लाख रकम संकलन भएको परिवारले जानाकारी दिएका छन् । २०७७ साल भाद्र २१ गते रागोँले लखेटेपछि भिरबाट लडेर खगिश्वराको मेरुदण्ड भाँचिएको थियो ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij