२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

भुकम्पपीडितको पुर्ननिर्माणका लागि खटिए एमाले कार्यकर्ता 

मंगलवार , मंसिर ५, २०८०

काठमाडौं, ५ मंसिर । 
नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितको घर निमार्णमा खटिएका छन् ।एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट क्षेतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धारका लागि १ हजार स्वयंसेवक खटाउँदै पुर्ननिमार्णमा जुटेका हुन । 

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ ।