२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

कांग्रेसका प्रदीप पौडेल भूकम्पपीडितको घरटहरा बनाउँदै (फोटोफिचर)

बुधवार , मंसिर ६, २०८०

  • 973
    Shares
  • 973
    Shares
  • काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी गरेको छ ।

    पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र बुधबार पनि  काम भइहेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए । उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गरिरहेका छन् ।

    टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य सुशील भट्ट र महेन्द्र  शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेता इन्जिनियर दीपक बाबु कँडेल,  नेपाली कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमराज ओलीसहित नेताहरु भागवत् रेग्मी , पुस्प बस्नेत सुबास घिमिरे, नेविसंघ  १० जनाकेन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता रहेका छन् ।

    newskarkahna-news595214..jpg

    सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको थियो।  जसअनुसार कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।

    वडामा खटिनेछ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको पौडेलले जानकारी दिए ।

    newskarkahna-news595212..jpg

     

    newskarkahna-news595219..jpg
    newskarkahna-news595211..jpg
    newskarkahna-news595210..jpg
    newskarkahna-news595215..jpg
    newskarkahna-news595218..jpg