
शुक्रवार , मंसिर ८, २०८०
भैरहवा, ८ मंसिर ।
सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा प्रथम वडाकप टेनिस क्रिकेट प्रतियोगिता–२०८० शुक्रबार सुरु भएको छ । रुपन्देही क्रिकेट संघको प्राविधि सहयोगमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा वडा सदस्य मीन बहादुर गुरुङले बताए ।
प्रतियोगितामा त्रिमूर्ति क्रिकेट क्लब, हर्नेया क्रिकेट क्लब, नौडिहवा क्रिकेट क्लब, बेलहिया क्रिकेट क्लब, एमबीए क्रिकेट क्लब र एनआर क्रिकेट क्लबको सहभागीता रहेको वठाअध्यक्ष उज्जवल पोखरेलले बताए ।
प्रतियोगितामा विजयी हुने टीमलाई १२ हजार रुपैयाँ र उपविजेता टीमलाई ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा खेलकुद सामग्री प्रदान गरिने उनले जानकारी दिए । खेल १० ओभरको हुने तथा सेमीफाइल र फाइनल खेल १५ ओभरको हुने पोखरेलले जानकारी दिए ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले क्रिकेट प्रतियोगिताले वडाभित्र नयाँ क्रिकेट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए ।
सिद्धार्थनगर–१ का वडा सदस्य हरिमाया गुरुङको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेपाल क्रिकेट संघका पूर्व सचिव प्रशान्त विक्रम मल्ल लगायतले बोल्नुभएको सिद्धार्थनगर–१ का वडा सचिव प्रमोद कुमार चौबेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij