शनिवार , मंसिर ९, २०८०
बुटवल, ९ मंसिर ।
बुटवल टाईगर्स राउन्ड टेबल २८ ले क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम ग्लोबल आईएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय ड्राइभटोल, रुपन्देहीमा सम्पन्न गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल टाईगर्स राउण्ड टेवल २८ का अध्यक्ष निरज लाकौलले राउण्ड टेबल नेपाल नोबेम्बर २०२३ अभियान अन्र्तगत पुरुषमा हुन सक्ने प्रोस्टेट तथा टेस्किुलर क्यान्सर सम्बधि ए दिने सचेतना कार्यक्रम गरिएको बताए ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत बरिष्ठ युरोसर्जज डा. पवन धितालले प्रोस्टेट तथा टेस्किुलर कसरी हुन्छ र यसबाट बच्ने उपायको बारेमा सचेतना प्रदान गरेका थिए ।
कार्यक्रममा ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख योगेन्द्र राना, ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश उपप्रमुख जोगलाल बस्याल, बुटवल टाइगर्स राउण्ड टेबल पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, संजीब श्रेष्ठ, उमेश अमात्य लगायतले बोलेका थिए । कार्यक्रममा ५० जनाको सहभागीता रहेको सचिव रिषभ वझाले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij