२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

आज पत्रकार महासंघ रुपन्देहीको साधारणसभा 

बुधवार , माघ २१, २०७७

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • बुटवल, २१ माघ । 
    नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा बुधबार (आज) हुने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधरणसभा हुने भएको हो । बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे हुने साधारणसभामा सहभागी हुन महासंघले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।

    महासंघको साधारणसभाको आवश्यक तयारी पूरा भएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए । उनका अनुसार साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।

    कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहकार, रुपन्देहीका विभिन्न संघ–संस्था प्रतिनिधि एंव साधारण सदस्यहरुको सहभागिता रहने सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।