२०८२, फाल्गुण १४ गते

Feb 26 2026 | २०८२, फाल्गुण १४ गते

प्रदेशस्तरीय लाखे नाचमा संस्कृति संरक्षण समाज बुटवल प्रथम

सोमवार , मंसिर ११, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, ११ मंसिर ।
    नेवाः देय दबु गुल्मीको आयोजना र रुरुक्षेत्र गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रदेशस्तरीय लाखे नाच प्रतियोगितामा बुटवलको समूह प्रथम भएको छ ।

    गुल्मीको रानीवासमा भएको प्रतियोगितामा नेवाः साँस्कृतिक संरक्षण समाज बुटवल  –११ देवीनगर प्रथम भएको हो । त्यस्तै टक्सार काल भैरव लाखे नृत्य तानेसन पाल्पा द्वितीय र नेवाः जातीय भाषा पुच रुरुक्षेत्र–१ तृतीय भएको छ ।

    प्रतियोगितामा विजेता समूहलाई रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, प्रदेश पूर्व सांसद कमलराज श्रेष्ठ, नेवाः दयदबू केन्द्रीय सदस्य लोकहरी श्रेष्ठ, नेवा देय दबू प्रदेश अध्यक्ष विजुला जोशी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले संस्कृति संरक्षणको लागि पालिकाले  विशेष महत्वस्वको साथ लाखे नाच प्रतियोगीमा सहयोग गरेको बताएका थिए ।

    नेवाः देय दवू, गुल्मीका अध्यक्ष तिर्थ श्रेष्ठले प्रदेशस्तरीय प्रतियोगितामा उत्साहजनक रुपमा समूहहरुको सहभागीता रहेको बताएका थिए । सचिव राम प्रसाद श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागीहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । जसमा प्रथम हुने समूहलाई रु. ५० हजार १ रुपैयाँ, द्वितीयलाई ३५ हजार १ रुपैयाँ र तृतीयलाई २० हजार १ रुपैयाँ प्रदान गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।