
सोमवार , मंसिर ११, २०८०
भैरहवा, ११ मंसिर ।
रुपन्देही युवा समूहले प्रदान गर्न हिरोज अफ पब्लिक अवार्डबाट लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्याल सम्मानित भएका छन् । समूहले विभिन्न विधामा विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गर्दै आएको छ ।
सोही क्रममा सामाजिक क्षेत्रमा क्रियाशिल भइ समाजमा योगदान पुर्याएको भन्दै हिरोज अफ पब्लिक अवार्ड–२०८० बाट बस्याल सम्मानित भएका हुन् । भैरहवामा आयोजित समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के) र रुपन्देही युवा समूहका संस्थापक आनन्द प्रसाद गुप्ताले बस्याललाई अवार्ड प्रदान गरेका हुन् । अवार्ड प्राप्त गरेपछि बस्यालले यो सम्मानले आफूलाई सामाजिक क्षेत्रमा क्रियाशिल हुन थप उर्जा प्रदान भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij