२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

बालकृष्ण खाँणको क्षेत्रमा पुगेर देउवाले भने : खाँणले न्याय पाउँछन्

मंगलवार , मंसिर १२, २०८०

भैरहवा, १२ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भुटानी शरणार्थी प्रकरण पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउने बताएका छन् ।

मंगलबार रुपन्देही काँग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा धेरै बोल्न उचित नहुने भन्दै उनले भने– ‘बालकृष्ण खाँणले न्याय पाउनुहुनेछ, वकिल साथीहरु लागेछन्, मलाई विश्वास छ ।’ 

पुर्वप्रधानमन्त्री समेत रहेका उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि सम्बन्धित सरोकारवालाहरुसगँ छलफल गर्ने बताए । 

‘विमानस्थल संचालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयहरु कुनै पनि खोलिएका रहेनछन्’ उनले भने, ‘काठमाण्डौ गएर विमानस्थल पूर्ण रुपमा संचालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालालाई बोलाएर कुरा गर्छु ।’

उनले विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याएर अन्तराष्ट्रिय विमान उडाइने बताए । जिल्ला सम्मेलनले पार्टी पूर्ण रुपमा एक भएको सन्देश दिने उनले बताए ।