२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी फाइनलमा

बुधवार , माघ २१, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २१ माघ ।
    पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ९७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १८२ रन बनायो । उसका लागि नरेन भट्टले सर्वाधिक ८६ र पुष्पराज उपाध्यायले ४३ रन बनाए । बलिङमा ओसिसका भार्गव खनालले ३ र निश्चल श्रेष्ठले २ विकेट लिए ।्

    जवाफी व्याटिङ गरेको ओसिस ३२.२ ओभरमा अलआउट हुँदै ८५ रनमै समेटियो । उसका लागि बबिन बोहराले १५ र रोहित शर्माले १३ रन बनाए । बलिङमा धनगढीका रजत राना र खगेन्द्र कुँवरले समान २÷२ तथा निरज ऐरले १ विकेट लिए । खेलमा नरेन भट्ट म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।