२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रथम देवदह मिडिया कपको उपाधि देवदह प्रेस क्लबलाई

सोमवार , मंसिर १८, २०८०

रुपन्देही, १८ मंसिर । 
रुपन्देहीको देवदहमा सञ्चालित प्रथम मिडिया कप ‘सेभेन–ए साइड’ फुटबल प्रतियोगिताको उपाधी आयोजक देवदह प्रेस क्लबले जितेको छ । फाईनल खेलमा बुद्ध सामुदायिक टेलिभिजन, बुटवललाई हराउँदै देवदह प्रेस क्लब प्रतियोगिताको उपाधि जितेको हो 

आइतबार भएको फाईनल खेलमा देवदह प्रेस क्लबले बुद्ध सामुदायिक टेलिभिजनलाई ४–० को अन्तरले पराजित गरेको छ । देवदह प्रेस क्लबका किशोर पाठकले २ गोल, पवन पौडेलले १ गोल र लक्ष्मण न्यौपानेले १ गोल गरेका थिए । 

जीतसँगै देवदह प्रेस क्लबले नगद ५१ हजार १ सय ११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  त्यस्तै उपविजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद ३१ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।  बुद्ध टेलिभिजनका कप्तान रोहित चौधरी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता लुम्बिनी प्रेस क्लब, रुपन्देहीका खेलाडी जयकेश हरिजन बने ।

देवदह प्रेस क्लबको आयोजनामा भएको प्रथम देवदह मिडिया कप फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टीम सहभागिता रहेको थियो ।

विजेता खेलाडीहरुलाई एक कार्यक्रमकबीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री  चन्द्रकेश (सी.के.) गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना लगायतले पुरस्कार प्रदान गरेका थिए । देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।