२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

विराटनगरमा आगलागी : १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

बुधवार , मंसिर २०, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • विराटनगर, २० मंसिर । मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । 

    बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    उपचार गराइरहेका अन्य तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीरमा ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।