२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

टिप्परको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

बुधवार , माघ २१, २०७७

भैरहवा, २१ माघ । 
टिप्परको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ४ झुलनीपुरस्थित हुलाकी सडकखण्डमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ९ बजे ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मायादेवी–४ बनकसियाका २० वर्षिय रबि कुमार तिवारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।

दुुर्घटनापश्चात घाइते भएका तिवारीलाई उपचारको लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको र उपचारको क्रममा उनको बिहान १०ः१० बजे मृत्यु भएको थापाले जानकारी दिए । टिप्पर, टिप्पर चालक र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।