
बुधवार , मंसिर २०, २०८०
भैरहवा, २० मंसिर ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पुस ६ गते हुने भएको छ । संघको कार्तिक २५ गते बसेको कार्यसमितिको बैठकको निर्णय बमोजिम पुस ६ गते शुक्रबार दिउँसो १ बजेदेखि साधारणसभा सुरु हुने अध्यक्ष केशवराज ज्ञवालीले बताए ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित होटल सनस्टारमा साधारणसभा तथा अधिवेशनका कार्यक्रमहरु हुने मदिरा व्यवसायी संघ भैरहवाका महासचिव केशव कुँवरले जानकारी दिए ।
व्यवसायिक हकहितसँगै संघले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले बताए । उपाध्यक्ष पाण्डेका अनुसार मदिरा व्यवसायी संघ, भैरहवामा २ सय मदिरा व्यवसायी आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij