२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स क्लब अफ सिद्धार्थनगरले मनायो ३५ औं वार्षिकउत्सव

बिहिवार , माघ २२, २०७७

भैरहवा, २२ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले ३५ औं वार्षिकउत्सव मनाएको छ । क्लबले वार्षिकउत्सवको अवसरमा बुधबार भैरहवामा चार्टर नाइट समारोह सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले भने, ‘क्लब जति स्थापना हुन्छ, त्यत्ति नै सेवाको हातहरु अगाडी बढ्छ ।’ उनले डिष्ट्रिकको एरिया–४ अन्तर्गत रहेको क्लबले छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२०/२१ का अध्यक्ष नेत्र प्रसाद आचार्यले स्थापनाकालदेखि नै स्वार्थ भन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सेवा, सदभाव, शान्ति, सदाचार, बन्धुत्व कायम गर्नमा क्लबले अह्म भुमिका खेल्दै आएको बताए । उनले गौतमबुद्धको पवित्र जन्मस्थलमा रहेर मानव सेवामा समर्पित हुन पाउनु आफैमा गर्वको कुरा भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सामाजिक उत्तरदायित्वसहितको उद्योग व्यवसाय सञ्चालन गर्ने अभियानमा लागेको बताए । उनले आफु लायन्स क्लबमा आबद्ध नभए पनि लायन्स क्लबबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा, स्ट्राटिजिक चिफ नवराज न्यौपाने, श्याम बस्याल, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने र क्लबका संस्थापक सदस्य नारायण प्रसाद अग्रवालले क्लबले सामाजिक क्षेत्रमा क्रियाशिलता अझै बढाउनुपर्ने बताए ।

क्लबका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता, प्रथम उपाध्यक्ष भिष्म प्रसाद न्यौपानेको ध्वजा अभिवादन, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक धर्मराज आचार्यको स्वागत तथा सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा क्लबद्वारा प्रकाशित क्लब डाइरेक्टरी विमोचन गरिएको थियो ।

सिद्धार्थनगरका समाजसेवी, उद्यमी, व्यवसायी तथा विभिन्न पेशाकर्मीहरुको संयुक्त प्रयासले सन् १९८६ मा लायन्स क्बल अफ सिद्धार्थनगरको स्थापना भएको थियो । क्लबको संस्थापक अध्यक्ष विश्वनाथ अग्रवाल हुन् ।