२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सन्जिवनी शिक्षा सदनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता

शुक्रवार , मंसिर २२, २०८०

भैरहवा, २२ मंसिर । 
सन्जिवनी शिक्षा सदन तिलोत्तमा–१५ मधवलिया, रुपन्देहीको आयोजनामा तिलोत्तमामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी  छ । मंसिर २१ देखि सुरु भएको प्रतियोगिता २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिता अन्तरगत १ सय मिटरको दौड छात्रतर्फ सृजल भण्डारी प्रथम, दिवस भुुसाल द्वितीय र प्रकाश थारु तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ दिव्या भुुसाल प्रथम, सुमिना थापा द्वितीय र विनिता सुनार तृतीय भएका हुन् । 

त्यसै गरी बकेट बल प्रतियोगिता अन्तर्गत छात्रातर्फ जेसिका भुजेल प्रथम, दुर्गा चौधरी द्वितीय र जेनिसा गैरे तृतीय भएका छन् । सोही प्रतियोगितामा छात्रतर्फ आदित्य कुमाल प्रथम, नितेश चौधरी द्वितीय र प्रनब बस्याल तृतीय भएका छन् । युकेजी र  कक्षा १ तर्फ ५० मिटरको दौड प्रतियोगितामा छात्रतर्फ लाबान्स साह प्रथम, हिमान्सु भुसाल द्वितीय र सक्षम पाण्डे तृतीय भएका छन् । छात्रातर्फ रिया वि.के.प्रथम, दिव्यता भण्डारी द्वितीय र श्रेया गुरूङ तृतीय भएका छन् । 

बकेट बल एलकेजीमा छात्रातर्फ स्वस्तिका ठाकुर प्रथम, सब्नम खातुन द्वितीय र समीक्षा ढकाल तृतीय भएका छन् । छात्रतर्फ सुगम चौधरी प्रथम, अरूण परियार द्वितीय र आरूष परियार तृतीय भएका छन् । त्यस्तै प्लेग्रुप (पिजी) तर्फ अरूण सहानी प्रथम, रितश दिसुवा द्वितीय, सुवास पाण्डे तृतीय र युनिक थारू सान्त्वना भएका छन् ।

सन्जिवनी शिक्षा सदनका प्रधानध्यापक बसन्त पाण्डेले शिक्षासँगै खेलकुदमा विद्यार्थीहरूलाई सक्रिय बनाउनु आजको आवश्यकता रहेकोमा जोड दिए । उनले आगामी वर्षमा समेत यस्ता कार्यक्रमहरूको आयोजना गरीने बताए । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागीता रहेको विद्यालयले जनाएको छ ।