२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आमहडतालको प्रभाव : नवलपरासीमा रोकिए सयौं सवारीसाधन (फोटोफिचर) 

बिहिवार , माघ २२, २०७७

नवलपरासी, २२ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज देशभर आम हड्ताल गरिरहेको छ । आम हडतालको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ ।

बन्दका कारण पश्चिम नवलपरासीमा २ सय भन्दा बढी कन्टेनर र मालबाहक सवारीसाधन महेन्द्र राजमार्गमा रोकिएका छन् । भारतबाट मालसामान लिएर बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने कन्टेनरहरुलाई सुरक्षाको कारण प्रहरीले रुपन्देहीको धकधईमा रोकेर राखेको छ भने नेपालबाट बेलहिया नाका हुँदै भारत जाने कन्टेनरहरु महेन्द्र राजमार्गमा पर्ने नवलपरासीको सरावल १ बासाबसहीमा रोकिएका छन् ।

P1020529.JPGबन्दले गर्दा सवारी गुड्न नपाएपछि सवारी चालक तथा सह–चालकहरु महेन्द्र राजमार्गको हाइवेमै सुतिरहेको देख्न सकिन्छ । 
बन्दको कारण उद्योग व्यवसाय र यातायात सञ्चालन नहुदा जिल्लाको बर्दघाट, भुमही, सुनवल र सदरमुकाम परासी लगायतका मुख्य बजारक्षेत्र तथा चोकहरु सुनसान देखिएका छन् । बन्दकर्ताले कुनै अप्रिय घटना घटाउन सक्ने सम्भावनाका कारण जिल्लाका मुख्य–मुख्य चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी टोलिको बाक्लो परिचालन गरिएको छ ।

बन्दका कारण जिल्लाका सबै शैक्षिक संस्थाहरु बन्द छन् ।  बन्दलाई सफल बनाउन नेकपा प्रचण्ड–माधव समूहका जिल्ला नेता तथा कार्यकर्ताहरु जिल्लाका मुख्य चोक र बजार क्षेत्रमा उपस्थित भएका छन् ।P1020549.JPGP1020545.JPGP1020535.JPG