शुक्रवार , मंसिर २२, २०८०
भैरहवा, २२ मंसिर ।
सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी गाउँपालिका–४ छिपागढ, रुपन्देहीको १५ औं साधारण सभा तथा ५ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । छिपागढ सामुदायिक भवनमा भएको अधिवेशनले पुनः संजय कुमार गुप्ताको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । केन्द्रको कार्यसमिति सदस्यहरुमा सुर्यनारायण यादव, नेत्रमणि पाण्डे, दुर्गा घर्ती र लावाङी हरिजन रहेका छन् ।
सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, रोहिणी ४ का वडाअध्यक्ष तारानाथ यादव, वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह, गाउँ कार्यपालिका सदस्य नियात अली, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, समाजसेवी धनेश्वरी चौधरी, श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ,
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij