२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

स्ववियु भैरहवा बहुमुखी क्याम्पसद्वारा अन्तरक्रिया एवं सम्मान

शनिवार , मंसिर २३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २३ मंसिर ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीले शुक्रबार अन्तरक्रिया एवं सम्मान कार्यक्रम गरेको छ । क्याम्पसका पूर्व स्ववियु सभापतिहरुलाई सम्मान गर्दै उहाँहरुसँग सल्लाह–सुझाव लिन कार्यक्रम गरिएको भैरहवा बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए । ‘लामो समयको अन्तरालपछि भएको स्ववियु निर्वाचनबाट हामी निर्वाचित भएर आएका छौं, विगतमा स्ववियुको नेतृत्व गरिसकेका व्यक्तित्वहरुको सुझाव–सल्लाहले हामीलाई अगाडि बढ्न थप सहयोग पुग्नेछ भन्ने उद्देश्यले यो कार्यक्रम गरेका हौं, ’न्यौपानेले भने ।

    क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व स्ववियु सभापतिहरु सुशील गुरुङ, लेखनाथ भट्टराई, गोपाल खनाल र सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष समेत रहेका पुरन प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले यो क्याम्पस सिद्धार्थनगरकै गौरवको रुपमा रहेको बताए । उनले क्याम्पसको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । क्याम्पस प्रमुख झाले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको बताए ।

    भैरहवा बहुमुखी क्याम्पसका स्ववियु उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सचिव सनि कलवारको सञ्चालनमा भएको कार्यक्रममा पूर्व स्ववियु सभापतिहरुले आ–आफ्ना भनाइ राखेका थिए ।

    407225418_1455632801661712_4882852283691982761_n.jpg