२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर–९ मा शुक्रबारदेखि वडाकप क्रिकेट प्रतियोगिता

शनिवार , मंसिर २३, २०८०

भैरहवा, २३ मंसिर । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को आयोजनामा प्रथम वडाकप क्रिकेट कप प्रतियोगिता आगामी शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । वडा नम्बर ९ गोनहियामा रहेको रेडक्रसको खाली जग्गामा हुने मंसिर २९ र ३० गते हुने प्रतियोगितामा ४ वटा टीमले प्रतियोगिता गर्दैछन् । 

वडा सचिव अब्दुल रसिद पठानका अनुसार प्रतियोगितामा गोलीगढ क्रिकेट क्लब, कठौतिया क्रिकेट क्लब, उदयपूर क्रिकेट क्लब र मिश्रौलिया क्रिकेट क्लबले टीम दर्ता गराएका छन् । उनले टीम दर्ताको लागि अझै समय रहेको हुदा वडा नम्बर ९ मा बसोबास गर्ने युवाहरुद्वारा टीम दर्ता गर्न आग्रह गरेका छन् । 

वडा नम्बर ९ मा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले वडा कपको आयोजना गरिएको वडा अध्यक्ष शेषकान्त भण्डारीले जानकारी दिए । ‘वडा नम्बर ९ मा क्रिकेट खेलाडीको सम्भावना बोकेका धेरै युवाहरु छन् । भण्डारीले भने, ‘प्रतियोगिताले यस्ता खेलाडीलाई नगर जिल्ला हँुदै राष्ट्रलाई नै प्रतिनिधित्व गरुन भन्ने हाम्रो उद्देश्य हो ।’