२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

यू-१९ एशिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

आइतवार , मंसिर २४, २०८०

काठमाडौँ, २४ मंसिर । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको हो ।

यस खेलमा शतक बनाएका जमशिद जद्रान रिटायर्ड हर्ट भएका थिए ।  अफगानिस्तानका लागि जमशिद  जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामी,गुलशन झा र सुबाश भण्डारीले २-२ विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।