
मंगलवार , मंसिर २६, २०८०
तिलोत्तमा, २६ मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका ८० देखि ८५ वर्ष सम्मका ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
गत वर्षकै निरन्तरता स्वरुप उनीहरुको स्वास्थ्य परीक्षण गरी कम्मल, यातायात खर्च र सम्मान–पत्रसहित सम्मान गरिएको वडाअध्यक्ष गणेश पाठकले बताए ।
सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले परिवारको खुसी भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताए । आफ्ना बुवाआमालाई राम्रोसँग हेरचाह नगरेको कुनै समस्या पालिकाभित्र देखापरेका नगरमा खबर गर्न समेत उनले आग्रह गरे । ठुलाबडाको आशीर्वादले नै साना अघि बढ्न सक्छन्, उनले भने, ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्न नजान्ने सन्तानले सुख पाउँदैन । ’
संस्कार, रिती जोगाउन समेत ज्येष्ठ नागरिकले सिकाउने भन्दै उनले पालिकाले उनीहरुका लागि विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij