२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

भलवारी जेसीजको अध्यक्षमा भट्टराई

बुधवार , मंसिर २७, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २७ मंसिर । 
    रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको बुधबार सम्पन्न २१ औं अधिवेशनले चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष भट्टराई रियलस्टेट र नर्सरी व्यवसाय तथा मोडलिङ् पेशामा आवद्ध छन् ।

    नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी (अमित), उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य चयन भएका छन् । त्यस्तै सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त किशोर पंगेनीले जानकारी दिए ।
    निर्वाचन सम्पन्न भएलगत्तै वर्ष २०२३ र वर्ष २०२४ को संयुक्त बोर्ड बैठकले आगामी पुसको तेस्रो साता पद हस्तान्तरणको कार्यक्रम गर्ने वर्ष २०२३ का अध्यक्ष माधवप्रसाद पाण्डेयले जानकारी दिए।

    पदाधिकारी निर्वाचनअघि निर्वाचन आयुक्त एवं शाखाका पूर्वअध्यक्ष मुक्तिनाथ गैह्रेले उम्मेदवारी प्रशिक्षण दिए भने पूर्वअध्यक्ष मनोज आचार्यको प्रमुख आतिथ्यमा शाखाको २२ औं साधारणसभा सम्पन्न भएको थियो । 
    साधारण सभाले महासचिव भुवन नेपाल र कोषाध्यक्ष मीनप्रसाद तिवारीको प्रतिवेदन सर्वसम्मत पारित गरेको उपाध्यक्ष रूपेश पाण्डेले जानकारी दिए ।