
शुक्रवार , माघ २३, २०७७
भैरहवा, २३ माघ ।
व्यवसायी हरी बहादुर थापाले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न औद्योगिक प्रतिष्ठान तथा शिक्षा क्षेत्रमा आबद्ध उनले उद्योगतर्फको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।
बाग्लुङको बाटाकाचौरमा जन्मिएका ४२ वर्षिय थापाले आगामी फागुन २१ र २२ गते हुने संघको ६२ औं साधारणसभा तथा अधिवेशनमा आफुलाई मतदान गरी जिताउन सम्पूर्णमा आग्रह गरेका छन् ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका थापा बजाज सोरुम (बज अटोमोबाइल, रेनो शोरुम (भैरहवा अटो), शुभ ओम कम्पनी (होटल पौवा) भैरहवा, एच.एच. कम्पनी प्रा.लि. भलवारी र थ्रीएचएल कम्पनी प्रा.लि. रुपन्देहीका अध्यक्ष हुन् । त्यस्तै थापा साई ग्लोबल मा.वि. तथा कलेज र भैरहवा संचार गृहका निवर्तमान अध्यक्ष हुन् ।
उनी प्रोफेस्नल मास्टर्स–११, रुपन्देहीको अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी दयानगर शाखाको आजीवन सदस्य तथा भेटघाट चारपाते क्लब, छपियाको सदस्यको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
त्यस्तै पर्ल हायर सेकेण्डरी स्कूल कोटिहवा, सनलाइट इङलिस बोर्डिङ हाई स्कूल कटैया, यूनिभर्सल पब्लिक हाई स्कूल, अञ्चलपुरमा समेत थापाको लगानी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij