२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

‘इतिहासलाई फर्केर हेर्दा’ पुस्तकको पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन

शनिवार , मंसिर ३०, २०८०

  • 997
    Shares
  • 997
    Shares
  • बुटवल, ३० मंसिर । 
    पुराना बामपन्थी नेता विष्णुहरि शर्माद्वारा लिखित इतिहासलाई फर्केर हेर्दा पुस्तकको विमोचन गरिएको छ । पुस्तकको पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष  डा.बाबुराम भट्टराईले बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा विमोचन गरेका हुन् । शर्मा पुर्वप्रधानमन्त्री डा. भट्टराईका सहपाठी तथा नेपाल समाजवादी नेपालका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष समेत हुन् । 

    विमोचन तथा पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखक विष्णुहरिलाई आफूले २०३५ सालदेखि नै चिनेको र औपचारिक शिक्षा त्यति धेरै प्राप्त नगरे पनि अत्यन्तै सिर्जनशील र अन्तरनीहित बौद्धिक क्षमता हुनुका साथै समाजसँग जोडिन सक्ने विशेष क्षमता रहेको बताए ।   

    पुस्तकमा उल्लेखित विषयहरु सिद्धान्तको लागि सिद्धान्त र तर्कको लागि तर्क नभएर व्यवहारसँग जोडिएका समकालीन राजनीतिका विषयहरु समावेश भएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले बताए । विष्णुहरि शर्माका लेखहरु सिद्धान्तलाई व्यवहारसँग जोड्ने हिसाबले आउने गरेको बताए । समिक्षा कार्यक्रममा बोल्दै लेखक शर्माले पुस्तकमा आफूले सकेसम्म देशको अहिलेको अवस्थाको बारेमा उल्लेख गर्ने प्रयास गरेको बताए । 

    पुस्तक विमोचन तथा समिीाा कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं,  विश्लेषक तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजनीतिक समिति सदस्य मनिकर कार्की, लेखक ऋषि आजाद, मदन पौडेल, गुरुदत्त ज्ञवाली लगायतले बोल्दै पुस्तकमा वर्तमान अवस्थाको विकृति र विसंगतिका कुराहरु गम्भीर रुपमा उठान गरिएको बताएका थिए । पुस्तक विमोचन तथा समिक्षा कार्यक्रम कमल खनालको अध्यक्षता तथा विमल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।