
आइतवार , पौष १, २०८०
बुटवल, १ पुस ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभागले लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका मेकानिक्सहरुलाई तालिम प्रदान गरेको छ । युनियनले प्रदेशभरीका ८ सय भन्दा बढी मेकानिक्सहरुलाई बेसिक तथा एडभान्स तालिम प्रदान गरेको हो । प्रदेशका अधिकांश जिल्लामा तालिम सम्पन्न गरेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुका निवर्तमान अध्यक्ष तथा प्रतिनिधि परिषद् प्रमुख जिवन अधिकारीले बताए ।
सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने नारा लिए पनि नारामै सीमित भएको उनले बताए । उनले अहिलेसम्म सरकारले अटो मेकानिक्सको क्षेत्रमा काम गर्ने युवाहरुलाई कुनै सीपमूलक तालिमहरु सचालन नगरेको बताए । अटो मेकानिक्स ट्रेड युनियनले यो वर्ष मात्र लुम्विनी प्रदेशका ८ सय भन्दा बढी मेकानिक्सहरुलाई तालिम सञ्चालन गरी सयौं युवाहरुलाई रोजगारीको व्यवस्था गरेको बताए । सरकारले गर्ने काम अहिले अटो मेकानिक्स ट्रेड युनियनले गर्दै देशभरी तालिम सञ्चालन गरेको उनको भनाइ छ ।
अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन भट्टराईले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा अटोमेकानिक्स तालिम सञ्चालन गरेको बताए ।
तालिमबाट धेरै युवाहरुले स्वरोजगार बन्ने अवसर प्राप्त गरेको उनले बताए तालिमको सहजीकरण नेपाल अटो मेकानिक्स ट्रेड युनियन लुम्बिनी प्रदेशका सह–सचिव गोपाल कुवंरले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij