२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी सुरुवात

शुक्रवार , माघ २३, २०७७

बुटवल, २३ माघ ।
लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ । उद्घाटन खेलमा ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी भएका छन् । सारु र पाण्डेको जोडीले अर्जुन कार्की र आयुस कार्कीको जोडीलाई २–१ को सेटमा पराजित गरेका हुन् । 

पहिलो सेट २१–१९ अंकमा सारु र पाण्डेको जोडीले जित्दै खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेट भने कार्कीको बाबू छोराले २१–११ को अंकमा खेल फर्काउदै बराबरीमा ल्याए । अन्तिम तथा निर्णायक सेटमा २१–११ को सेटमा जित निकाल्दै सारु र पाण्डेको जोडीले खेलमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरे ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरमा खेल विकासमा स्वतस्फूर्त अग्रसर धेरै संघ–संस्थाहरु रहेको बताए । पछिल्लो समय खेलकुदका विद्यालाई समेट्ने गरी खेलकुद विकास समितिमा आवद्ध मार्फत काम अघि बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय, राष्ट्रियस्तर गरी विविध पूर्वाधार विकासमा आफू लागेको बताए । 
कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे, क्लबका संरक्षक बासुदेव लामिछाने, सल्लाहकार केशव राना, सल्लाहकार देवेन्द्र थापाले खेल विकासमा सबैको सहयोग जरुरी रहेको बताए । 

लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले विभिन्न उपसमितिमार्फत तयारी पुरा भएको बताए । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन  प्रतियोगिता भएको उनले दावी गरे । 

प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतीयलाई ३१ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । 

भेट्रान्सतर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतीयलाई १० हजार ५ सय ५५ रुपैयाँ ट्रफी मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुशासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । समाज रुपान्तरणका लागि स्थापनाकालदेखि रक्तदान, विभिन्न आपतकालिन अवस्थामा राहत संकलन, नेपाली संस्कृतिलाई जगेर्ना गर्नको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम तथा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत विभिन्न प्रतियोगिता गर्दै आएको छ । 
प्रतियोगिता संयोजन पुरन गाहाले टप रेकिङ भन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताए ।

यसवर्ष खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ बढी टिम हुने उनले बताए । वि.सं. २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको उनले बताए । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो ।