२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

ज्वाइन्ट क्रिकेट कप–२०८० को उपाधि नालन्दा र स्पांगललाई

सोमवार , पौष २, २०८०

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, २ पुस ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भैरहवामा भएको ज्वाइन्ट क्रिकेट कप–२०८० को उपाधि नेपाल नालान्दा आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–९ र स्पांगल इङलिस बोर्डङ स्कूल रोहिणी–३ धकधईले जितेको छ ।

    सिद्धार्थनगर रंगशालामा भएको प्रतियोगितामा छात्रातर्फ युनिक होम्सलाई ११ रनले पराजित गर्दै नालान्दाले र छात्रतर्फ नालान्दालाई २ विकेटले पराजित गर्दै स्पांगलले उपाधि जितेको हो ।

    फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको नालन्दाले ८ ओभरमा २ विकेट गुमाउँदै ८३ रन बनायो । उसका लागि सिमरन रानाले ४२ (नटआउट) र जया चौधरीले २२ रन (नटआउट) रन बनाए ।

    बलिङमा युनिक होम्सका अविदा खातुनले १ विकेट र लक्ष्मी बरईले १ विकेट लिए ।

    जवाफमा युनिक होम्सले ८ ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनायो । उसका लागि अविदा खातुनले २८ रन र लक्ष्मी बरईले २४ रन बनाए ।

    बलिङमा नालान्दाका सिमरन राना र समृद्धि शर्माले १÷१ विकेट लिए । खेलमा नालान्दाका कृष्ण श्रीपाली म्यान अफ द म्याच घोषित भइन् ।

    फाइनल खेलमा टस जितेर स्पांगलले बलिङ रोज्यो । ब्याटिङको निम्तो पाएको नालन्दाले ८ ओभरमा ४ विकेट गुमाउँदै ४८ रन बनायो । उसका लागि साहिद अलीले १०, सारिक अलीले ९ र साहिल हरिजनले ८ रन बनाए ।
    बलिङमा स्पांगलका अविजित मल्लाहले र सहनाज धुनियाले २/२ विकेट लिए ।

    जवाफमा स्पागंलले ५ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै ४९ रन बनायो । उसका लागि मेहफुज पठानले २५ रन र सहजाद धुनियाले ८ रन (नटआउट) बनाए । 

    बलिङमा नालन्दाका समिर अलीले २, सारिक अली र बबि पालले १/१ विकेट लिए । खेलमा स्पांगलका मेहफुज पठान म्यान अफ द म्याच घोषित भएका थिए ।

    प्रतियोगिताको आइतबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रतियोगिता राम्रोसँग सम्पन्न भएको बताए । उनले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद दिए । उनले खेलकुदमा अनुशासन आवश्यक रहेको बताए ।

    त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले विद्यार्थीमा खेलसँगै अनुशासन आवश्यक रहेको बताए ।

    प्रतियोगिताका संयोजक तथा सामूहिक विद्यालय परिवारका पूर्वअध्यक्ष मनोज कुमार यादवले मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्रातर्फ ९ र छात्रतर्फ १३ वटा टीमको सहभागीता रहेको बताए ।

    सामूहिक विद्यालय परिवार, रुपन्देहीकी सचिव सिर्जना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा प्रतियोगिताको विजेता, उपविजेता, उत्कष्ट खेलाडीलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।