२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

रुपन्देहीमा लागूऔषधसहित एकजना पक्राउ

बिहिवार , पौष ५, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ५ पुस ।
    रुपन्देही प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मर्चवारी गाउँपालिका–४ का २१ वर्षिय गोपी किसन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

    डीएसपी भट्टका अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंककलोनीमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।

    ‘निगरानी गर्ने क्रममा शंकास्पद रुपमा फेला पारेपछि मर्चवारी–४ का गोपी किसन चौधरीलाई सोधपुछ तथा चौधरीको शरीर समेत खानतलासी गर्दा उनले लगाएको ज्याकेटको बाँयातर्फको भित्री खल्तीमा लागूऔधष ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ११ वटा पुरिया फेला परेको थियो, ’डीएसपी भट्टले भने । ११ वटा पुरिया एकै ठाउँमा मिसाई तौल गर्दा १६ ग्राम ३ सय मिलीग्राम बरामद गरी चौधरीमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।