२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

शनिवार , पौष ७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ७ पुस ।
    बाल यौन शोषण र मानव बेचबिखनविरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ ।

    माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रम संयोजक माया क्षेत्रीले बाल यौन शोषण र मानव बेचविखन विरुद्धका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले अहिलेको समयमा जल्दोबल्दो विषयमा सबै नागरिक सचेत हुनुपर्ने बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक सुरज बहादुर खड्काले शान्ति सुरक्षासहित सामाजिक क्षेत्रका मानवीय पीडामा सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

    कार्यक्रममा वडा नम्बर ९ का जनप्रतिनिधिहरु,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रतिनिधिहरु, सशस्त्र प्रहरी बल सीमाका प्रतिनिधिहरु, महिला तथा बाल अधिकार जिल्ला सञ्जालका प्रतिनिधि, मानव बेचविखनविरुद्ध मा काम गर्ने संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।