images
images

आइतवार, जेठ ६ गते २०८१

सिद्धार्थनगरमा माटो परीक्षण र कृषि तालिम

सिद्धार्थनगरमा माटो परीक्षण र कृषि तालिम

images
images
images
शनिवार, माघ २४ २०७७
शनिवार, माघ २४ २०७७
  • सिद्धार्थनगरमा माटो परीक्षण र कृषि तालिम

    भैरहवा, २४ माघ । 
    पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीले सिद्धार्थनगरमा माटो परीक्षण र किसानलाई तालिम दिएका छन् । कृषि क्याम्पसमा गठन भएको गैरराजनीतिक विद्यार्थीको संस्था युथ फर कन्जरवेसन एण्ड सष्टेनेबल एग्रिकल्चर (वाइसीएसए) ले नगरका किसानलाई जैविक विषादी सम्बन्धी तालिम तथा तरकारीका बिउ पनि वितरण गरेको छ ।

    सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर १ बाट सुरु भएको हो । माटो परीक्षणको नमुना संकलन ंगरी किसानलाई रिपोर्ट वितरण गरिएको थियो ।

    वाइसीएसएका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका सबै ठाउँमा पुगेर माटो परीक्षण र किसानलाई आधुनिक कृषिमा सहभागी बनाउन सहयोग गर्न आग्रह गरे । उनले कृषि क्याम्पस पढेका विद्यार्थीले विज्ञताको व्यवहारमा लागु गर्नुपर्ने पनि बताए ।

    कार्यक्रममा क्याम्पसका एशोसियट प्रोफेसर डा. यम गुरुङ, उपप्राध्यापक जनमजय गैरे, दिपक खनाल, कार्यक्रम संयोजक रेखा पाण्डे, वडा नम्बर १ का वडा अध्यक्ष रमेश मल्ल लगायतले बोलेका थिए । 

    वाइसीएसएका उपाध्यक्ष रामभरोस यादवको स्वागतमा तथा सचिव आकृत रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    वडा नम्बर १ बाट सुरु भएको कार्यक्रम वडा नम्बर २ र ११ वडामा पनि गर्न लागेको अध्यक्ष भट्टराईले बताए ।

     

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij