२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

तिलोत्तमाको श्रृङ्गेश्वरधामको अध्यक्षमा पुनः ऋषि भण्डारी

आइतवार , पौष ८, २०८०

बुटवल, ८ पुस । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित श्रृङ्गेश्वरधाम आन्तरिक तथा बाह्य प्रर्यटकहरुको आर्कषक केन्द्र बन्दै गए पनि यसको विकासमा तीनै तहका सरकारको ध्यान जान नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सरकारले गर्ने काम समाजका अगुवाहरुले गरेको बताउँदै अनकन्टार बगरलाई मनमोहक आर्कषक बनाएर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएकाले धाममा स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान जानुपर्ने बताएका हुन् ।

श्रृङ्गेश्वर धामको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले धामको गुरुयोजना अनुसार अगाडि बढेको आर्कषक बन्दै गएको तर जग्गाको अभावले साँघुरो बन्दै गएको पनि बताए । 

कार्यक्रममा बाल्दै गुल्मेली सम्पर्क समाज रुपन्देहीका संस्थापक अध्यक्ष इञ्जिनियर हिराबहादुर भलामीले यो धाम सबैको साझा धाम भएकाले सवै मिलेर संरक्षण गर्नुपर्ने बताए ।

धामका सल्लाहकार टिकाराम घिमिरेले धाममा आन्तरिक मात्र नभइ बाह्य पर्यटकहरुको अवलोकन गर्नेको संख्या बढ्दै गएकाले यसमा तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर पौडेलले हिजोको जर्जर भुमि बगर आजको मनमोहक स्थानको रुपमा विकास भएको देख्दा निरन्तर रुपमा अठोटका साथ काम गरेमा हरेक कुरा सम्भव छ भन्ने कुरा प्रमाणित भएको बताए ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थले धेरै मनकारी समाजसेवीहरुको योगदानले धाम यहाँसम्म पुगेको बताउँदै अबका दिनमा समेत सबैको सहयोग रहनुपर्ने बताए । त्यसै गरी तिलोत्तमा–४ का वडासदस्य एवं जनज्योति युवा क्लबका अध्यक्ष मित्रमणि न्यौपानेले समाज रुपान्तरणमा धामको भूमिका महत्वपूर्ण रहेको बताए ।

nnn.jpg

कार्यक्रममा धामका अध्यक्ष ऋषि भण्डारीले सबैको सहयोगबाट धामलाई यहाँसम्म ल्याउन मद्दत पुगेको र आगामी दिनमा अझ व्यवस्थित बनाउँदै लैजाने बताए । 

कार्यक्रममा धामका उपाध्यक्ष जे.पी. कडेल, समाजसेवी जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, खेम ओमि पुन कल्याणकारी प्रतिष्ठानका अध्यक्ष ओमि पुन, समाजसेवी बालकृष्ण भुसाल, मन्दिरा शर्मा, खिमानन्द भट्टराई, धामका कोषाध्यक्ष गणेश न्यौपाने लगायले बोल्दै धामको विकास हुँदा यस क्षेत्रको विकास हुने यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

यसैबीच धामको अध्यक्षमा ऋषि भण्डारी निर्वाचित भएका छन् । सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः भण्डारीलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । 

dham.jpg

धामको उपाध्यक्षमा नेत्र प्रसाद ज्ञवाली, सचिवमा गणेश प्रसाद कडेंल, कोषध्यक्षमा मोतिलाल भण्डारी, सह–सचिवमा चिन्तामणी ज्ञवाली निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण अर्याल, पार्वता बेल्वासे, मन्दिरा शर्मा, रमा ज्ञवाली, विष्णु प्रसाद सुवेदी र ज्ञानबहादुर घिमिरे निर्वाचित हुनुभएको निर्वाचन अधिकृत नरप्रसाद खनालले जानकारी दिए ।