
मंगलवार , पौष १०, २०८०
बुटवल, १० पुस ।
रुपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार दुईघण्टा बुटवलको ड्रिम इन्टरनेश्नल होटलमा बिताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित आइतबार रुपन्देही आइपुगेका शाहले परिवारसहित बुटवलामा आएर समय बिताएका हुन् ।
दिउँसो १२ बजे बुटवल आइपुगेको शाह परिवार २ बजेपछि भैरहवा फर्केको छ। शाह परिवार दिउँसोको खाना खाएर पुन: भैरहवा पुगेको छ ।
पूर्वराजा शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देहीका साथै कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थल पुग्ने बताइएको छ । उनको भ्रमण तालिका हालसम्म सार्वजनिक गरिएको छैन । उनी १९ गतेसम्म बस्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजा शाह पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij